काठमाडौँ, २५ पौष । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका उर्जा, जलसोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र अन्तर्राट्रिय नवीकरणीय उर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रबार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय उर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेका छन् ।
मन्त्री पुनले नेपालको उर्जा क्षेत्रका लगानीका लागि अपिलसमेत समेत गरे । वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युतसँगै सौर्य उर्जाका लागि पनि उपयुक्त स्थान भएको उनले स्पष्ट पारे ।
सो भेटमा महानिर्देशक क्यामेराले नेपालले सौर्य उर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गरे । महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य उर्जा प्रबद्र्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत उनले जनाए










प्रतिक्रिया दिनुहोस्