विश्व

ओमानका राजा सैदको निधन



एजेन्सी, २६ पौष । ओमानका सुल्तान काबूस बिन सैद अल सैदको ७९ वर्षको उमेरमा निधन भएको छ ।

सुल्तान काबुसको शुक्रबार साँझ निधन भएको बताइएको छ । तर त्यसको घोषणा भने शनिबार बिहान मात्रै गरिएको थियो । गत महिना मात्रै बेल्जियमबाट स्वास्थ्य परीक्षण र उपचार गरि उनी स्वदेश फर्किएको थिए । उनलाई क्यान्सर बताइएको छ । सन् १९७० मा रक्तपातविहीन विद्रोहबाट आफ्नो पितालाई अपदस्थ गर्दै उनी सत्तामा पुगेका थिए ।

अविवाहित काबुसको को ही पनि उत्तराधिकारी छैनन र न त उनले कसैलाई उत्तराधिकारी नै तोकिएका छन् । उनको निधनमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । तीन दिनभित्रै राज परिवार परिषदले नयाँ सुल्तानको घोषणा गर्ने बताइएको छ ।