काठमाडौँ, २६ पौष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै उनले भने, ‘यसका लागि हाम्रो पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ ।’
स्रोतका अनुसार स्वास्थ्यका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन सकेका थिएनन् । यद्यपि उनकै सहमतिमा निर्णय भएको नेताहरुले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्