सम्पादकीय

प्युठान दुर्घटनामा ज्यान गुमाउने यी एमबिबिएस अध्ययनरत छात्रा



काठमाडौं, १४ चैत ।  गत शुक्रबार प्युठानमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भयो। दुर्घटनामा एकै परिवारका चारजनाको मृत्यु भएको थियो ।

काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि गएको तीर्थालु चढेको जीप स्वर्गद्वारीभन्दा तीन किलोमिटर अगाडि रूमाले भन्ने ठाउँमा सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा ज्यान गुमाउनेमध्ये थिइन् एमबिबिएस अध्ययनरत दिक्षा बस्नेत । उनीसहित उनको परिवारका चार जनाको दुर्घटनामा मृत्यु भएको हो ।

दिक्षा चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा एमबिबिएस अध्ययन गर्दै थिइन् । एमबिबिएस दोस्रो वर्षको परीक्षा सकेर उनी परिवारका साथ स्वर्गद्वारी घुम्न गएकी थिइन् ।

दुर्घटनामा ललितपुरको तिखिदेवल निवासी दिक्षाको बुबा, आमा र बहिनीको समेत मृत्यु भएको छ। कलेज प्रशासनका अनुसार दिक्षा दोस्रो वर्षको परीक्षा दिएर बिदा मनाउन घर गएकी थिइन् । पढाईमा अब्बल दीक्षा छात्रवृत्तिमा नाम निकालेर एमबिबिएस अध्ययन गरिरहेकी थिइन् ।

कलेजले एउटा होनहार विद्यार्थी गुमाएको भन्दै शोक व्यक्त गरेको छ। कलेजले दिक्षाको आत्माको चिरशान्तिको कामना गर्दै मैनवत्ती बालेर शोक व्यक्त गरेको थियो । स्वास्थ्य खबरपत्रिका