भक्तपुर २७ पौष । नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाको १९ औं साधारणसभा सम्पन्न भएको छ ।
शनिवार साधारणसभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले मानविय काम सँगै सामाजिक कार्यमा लाग्न रेडक्रसकर्मीलाई आग्रह गर्नुभयो । उहाँले गुण्डूको बुढी गण्डकी पुलको दायाँ बायाँको सार्वजनिक जमिनको उपयोग गरी रेडक्रस भवन र प्रकोप राहत सामाग्री भण्डार गर्न सकिने बताउनुभयो ।
सांसद बस्नेतले भन्नुभयो “गुण्डूमा खेर गएका भीर पाखाका सार्वजनिक जमिनको समेत उचित सदुपयोग हुँदै गएको छ, आगामी दिनमा थप संरक्षण गर्न सबैले सक्रियता देखाउनुपर्छ ।”
जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमख सरिता कुँवरले रेडक्रस जस्तो पवित्र संस्थामा धेरै भन्दा धेरै सदस्य आबद्ध भएर स्वतस्फुर्त रुपमा सामाजिक काममा लाग्न आग्रह गर्नुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले रेड्क्रस गुण्डू उपशाखाले अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरी सामाजिक कामका लाग्नुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस् सोसाइटी जिल्ला कार्य समिति भक्तपुरका सदस्य सूर्यबहादुर खाइतुले उपशाखाले रेडक्रस्को भवन निर्माण शुरु गरेसँगै जिल्ला शाखाले नगद दुई लाख रुपियाँ सहयोग गर्ने जानकारी दिनुभयो ।
गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपशाखाका सचिव राजाराम वाग्लेले आगामी नीति कार्यक्रम र कोषाध्यक्ष गणेश वाग्लेले संस्थाको आय व्यय प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्