काठमाडौँ, २७ पौष । एनएमबी बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको आफ्नो २४औँ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
बैंकको आर्थिक वर्ष २०७५-७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको २१ प्रतिशत बोनश शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्