Banner News

प्रधानमन्त्रीद्वारा विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट हुन आह्वान



काठमाडौँ, २७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न आह्वान गरेका छन  ।

आज पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त  गर्दै प्रधानमन्त्री ओलीले सो अपिल गरेका हुन ।

प्रधानमन्त्री ओलीले पृथ्वी जयन्ती तथा राष्‍ट्रिय एकता दिवसको अवसरमा आज ट्वीट गर्दै भनेका छन, ‘नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । ‘नेपाल राष्ट्रको यश अभिबृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजूट भएर अघि बढ्न सबैमा काहार्दिक आह्वान गर्दछु ।’