काठमाडौं१४ चैत्र। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ वर्षे विकास रणनीतिबारे बुद्धिजीवीहरुबाट सुझाव लिए ।
ललितपुरमा आयोजित विद्वत् सभामा ओलीले बिसं२०९९ सम्मका लागि विकास रणनीति बनाउन सुझाव लिनुभएको हो । कार्यक्रममा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसमेतको उपस्थितिमा रहेको थियो । अध्यक्ष ओलीले विकास र समृद्धिवारे गहन ढंगले छलफल गर्ने एमालेको पनि उद्धेश्य रहेको भन्दै अब अधिकार अधिकार मात्रै भनेर नहुने बताए ।
‘समृद्धि कसरी प्राप्त गर्न सकिन्छ त्यतातिर लाग्नु पर्छ,’ उनले भने, ‘हामीले लोकतन्त्रलाई कति सदुपयोग गर्न जानेका छौं, गणतन्त्रलाई कति सदुपयोग गर्न जानेका छौं ?यसले धेरै कुरा हाम्रो प्रगति निर्भर गर्छ । जनताको हातमा सार्वभौमसत्ता हाम्रो मुख्य आधार हुनुपर्छ । त्यसको प्रयोग कसरी सबैभन्दा बढी ब्यवहारिक हुन्छ ? त्यतातिर लाग्नु पर्छ ।’
उनले संविधान जारी भइसकेको भन्दै त्यसलाई संस्थागत गरेर कसरी विकास र समृद्धिमा लगाउने भन्ने बारेमा सोच्नु पर्नेमा पनि जोड दिए ।
आयोजित अन्तक्रियामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं पूर्वगर्भनर युवराज खतिवडा मोडरेटर रहनुभएको थियो । अन्तक्र्रियामा उल्लेख्य संख्यामा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
शुरुमा कार्यक्रमको औचित्यबारे खतिवडाले संक्षिप्त धारणा राखनुभएको थियो । त्यसपछि सम्बोधन गर्नुभएका पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले निकै गम्भीरताका साथ आफ्ना धारणा राख्नुभएको थियो । उहाँले मधेसी मोर्चातर्फ संकेत गर्दै चुनाव शर्तमा कहिल्यै नहुने उल्लेख गर्नुभयो । त्यसैले स्थानीय चुनाव एक दिन पनि पछि सार्ने अवस्था नरहेको ओलीको प्रष्टोक्ति थियो ।
खुसी सूचकांकमा यसपालि नर्वे पहिलो नम्बरमा रह्यो,’ ओलीले विकास सम्भावनाबारे जोड्दै थप्नुभयो, ‘पर्नुपर्ने त नेपाल थियो, नेपालीजत्तिको खुसी को हुन्छ ?लडाईंमा लडाईं, काममा भन्यो काममा नेपाली अगाडि छ ।’
नेपाल विश्वमै पत्याएका नागरिक भएको देश उल्लेख गर्दै ओलीले २५–२६ वर्षमा सामूहिक प्रयत्नबाट जे पनि गर्न सकिने धारणा राख्नुभयो ।
बुद्धिजीवीहरुसँगको अन्तक्र्रियाको सुझाव घोषणापत्रको तयारीको प्रयोजनका लागि भने नभएको ओलीको भनाइ थियो ।
सो अवसरमा विभिन्न बुद्धिजीवीहरुले आफ्नो विषयसँग सम्बन्धित विषयमा गहन सुझाव र धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्