राजनीति

निर्माण कार्यमा लापरवाही गर्नेलाई कारबाही हुुन्छ : उपप्रधानमन्त्री पोखरेल



काठमाडौँ, ४ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्माण कार्यमा लापरवाही गर्नेलाई कारबाही गर्न सरकार बाध्य हुने बताउनुभएको छ ।

भक्नेतपुरमा पाल निर्माण व्यवसायी महासंघको २१औं साधारणसभा तथा नेपाल बिल्ड टेक एक्स्पो २०२० को उद्घाटन गर्दै उहाँले समयमा नै निर्माण कार्य पूरा नहुँदा सबैलाई घाटा पुग्ने भएकोले यसतर्फ सजग हुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

‘नेपाली निर्माण व्यवसायीहरू अब आफ्नो योग्यता तथा क्षमतासहित श्रेष्ठता प्रमाणित गर्दै अन्तर्राष्ट्रियस्तरको बन्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीहरूले भनेझैँ सरकारले निर्माण उद्योगमैत्री ऐन नियम ल्याइरहेको छ, अब निर्माण व्यवसायीहरूले पनि इमान्दारितापूर्वक काम गर्नुपर्छ ।’

भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताउँदै उहाँले समृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको प्रस्ट पार्नुभयो ।