पर्यटन

पर्यटनको विकास नै सूर्यविनायकको समृद्धिको आधारः मेयर थापा



भक्तपुर,४ माघ । सूर्यविनायक नगरपालिकाक मेयर बासुदेव थापाले नगरपालिकाको समृद्धिको आधार पर्यटन विकासबाट मात्रै सम्भव हुने वताउँनु भएको छ । सूर्यविनायकको घलातेमा सूर्यविनायक ईन्सिच्यूट अफ मेनेजमेन्ट तालिम केन्द्रको उद्घाटन गर्ने क्रममा वताउनु भएको हो ।

नगरपालिकाको दक्षिण बेल्टमा रहेका डाँडाहरु पर्यटन प्रवद्र्धनका दुष्टिकोणले महत्वपूर्ण रहेका छन् । जस्तै काक्राराबारी, बोकाचोगढी, पाइलटबाबा,रानिकोट लगायतका ठाउँहरुमा पर्यटनको विकास गर्ने उद्धेश्यका साथ त्यहाँसम्म सजिलै पुग्न नगरपालिकाले भौतिक पूर्वाधारको अघि बढाउने अभियानका साथ अघि बढेको मेयर थापाले वताउँनु भयो ।

काम गर्ने हो भने स्वदेशमा पनि केही गर्न सकिने वताउँदै उहाँले थप्नु भयो – विदेशमा १० ,२० तलामा माथि छानोमा जोखिमपूर्ण काम गर्न तयार हुनु भन्दा तालिम केन्द्रहरुबाट सीप सिक्दै काम गर्ने हो भन्ने आफ्नै देशमा प्रयाप्त सम्भावना रहेको छ ।
कार्यक्रम सो ईन्सिच्यूटका अध्यक्ष हरि खत्रीको सभापत्विमा सम्पन्न भएको थियो । कार्यक्रममा ली हिमालयन होटलका महाप्रबन्घक प्रभुशरण थापा र संमिता शाखले पनि बोल्नभएको थियो ।