हेटौँडा, ५ माघ । हेटौँडा उपमहानगरपालिका-५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ ।
शनिबार बिहान नवलपुर घर भएकी करिब २५ वर्षकी अजिता भुजेलको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
उनको घाँटीमा नीलो डाम र बत्तीको तार बेरिएको छ । घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्