समाचार

सोलुखुम्बुमा गोली चल्यो



सोलुखुम्बु, ५ माघ । सोलुखुम्बुमा गोली चलेको छ ।

सोलुखुम्बुको तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेपछि प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हानेको छ ।

केही प्रदर्शनकारी घाइते भने भएका छन् । यस्तै प्रदर्शनकारीले १२र१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् । तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो ।

तर तिङ्लाबासीले त्यसको विरोध जनाए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो ।