काठमाडौँ, ६ माघ । आज साेमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएकाे छ ।
काठमाण्डाैसहित मध्य र पूर्वका केही ठाउँमा भने अहिले बिहान घाम लाग्ने तर दिउँसो १२ बजेपछि बदली हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । आज बिहान पौने ६ बजेको काठमाण्डाैकाे तापक्रम १ दशमलव ५ डिग्री सेल्स्यिस मापन गरिएको छ ।
त्यस्तै तराईका भूभागमा बिहानैदेखि लागेको कुहिरो पनि साेमबार दिनभर हट्ने सम्भावना छैन । अबको एक–दुई दिन देशका केही ठाउँमा सामान्य पानी र हिउँ पर्ने सम्भावना रहेको छ भने अरु ठाउँको मौसम पनि पूर्णरुपमा खुल्ने सम्भावना छैन ।










प्रतिक्रिया दिनुहोस्