विश्व

चिनियाँ राष्ट्रपतिसँग फेसबुकले माग्यो माफी



काठमाडौँ, ६ माघ । सामाजिक सञ्जाल फेसबुकले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग माफी मागेको छ ।

राष्ट्रपति सी म्यानमार भ्रमणमा छन् । भ्रमणमा क्रममा सी र म्यानमाकी नेतृ आङसाङ सूचीबीच भेटवार्ता भयो । यो भेटका क्रममा बर्मेली भाषाको फेसबुक पोष्टमा राष्ट्रपति सीको नामको अनुवाद अंग्रेजीमा ‘शितोले’ भएको थियो । यो पोष्ट सूचीको आधिकारिक अकाउन्टबाट शेयर भएको थियो ।

तर फेसबुकले यसमा माफी मागेको छ । प्राविधिमा आएको समस्याका कारण यस्तो भएको भन्दै फेसबुकका प्रवक्ता एन्डी स्टोनले भनेका छन्, ‘यस्तो नहुनुपर्ने थियो । यसमा हामी महत्वपूर्ण कदम चाल्दैछौं ताकि फेरि यस्तो गल्ती नहोस् ।’ फेसबुकले यो पनि स्वीकार गरेको छ कि सीको  नाम डाटाबेसमा राखिएको थिएन । त्यसैले गल्ती भयो ।