एजेन्सी, ६ माघ । ड्युएजेन्सीक अफ ससेक्सले बेलायती राजपरिवारको सदस्यको रुपमा पछि हट्नुबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् ।
आइतबार बेलुका आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू र मेगन अन्त कतै जान नलागेको पनि स्पष्ट पारेका छन् । राजपरिवारको जिम्मेवारी छाड्ने घोषणा गरेपछि ह्यारीको यो पहिलो सम्बोधन हो ।
जनवरी महिनाको सुरुवातमा राजकुमार ह्यारी र मेगनले राजपरिवारको वरिष्ठ सदस्यको पद त्याग्ने र आर्थिक रुपमा स्वतन्त्र हुने घोषणा गरेका थिए ।
दक्षिणी अफ्रिकामा एचआइभी संक्रमित बालबालिकाका लागि काम गर्ने संस्था सेन्टेबेलको कोष संकलन कार्यक्रमको सुरुवात गर्दै उनले भने, ‘ विगत केही हप्तादेखि तपाईंहरुले जे जति सुन्नुभयो, पढ्नुभयो, त्यसबारे म अनुमान मात्र गर्नसक्छु ।’ ‘त्यसकारण म तपाईंहरुलाई सत्यताबारे अवगत गराउन चाहन्छु, राजकुमारको रुपमा होइन, ड्युकको रुपमा पनि होइन तर ह्यारीको रुपमा ।’
सम्बोधनको क्रममा उनले आफ्नी हजुरआमा र आफ्ना कमान्डर इन चिफप्रति सधैंभरी अत्यधिक कृतज्ञ रहिरहने पनि बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्