रौतहट, ६ माघ, । रौतहटको पोठियाहीमा आगलागी हुदा करिब ८ लाखको क्षति भएको छ ।
आइतबार राति गरुडा नगरपालिका-६ पोठियाही बस्ने रामजनम राय यादव र मेहिलाल राय यादवको गोठ जलेर करिब ७ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको छ । रामजनम राय यादवको गोठमा लागेको आगो मेहिलालको गोठमा समेत फैलिएपछि दुबै जनाको गोठ जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीबासिन्दाको सहयोगमा आगलागी नियन्त्रaणमा लिएको छ भने आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्