काठमाडौँ, ७ माघ । आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
सभामुख पदको लागि नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने अहिलेसम्म सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।
आउँदो आइतबार दिउँसो ३ बजे सभामुखको लागि मतदान हुनेछ ।










प्रतिक्रिया दिनुहोस्