धादिङ, ८ माघ । धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना हुदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।
धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख १२८० नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।
मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्