हेटौंडा, ८ माघ । हेटौंडा–११, नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ भने अर्का एक जना भने गम्भीर घाइते भएका छन् ।
हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसँग ठक्कर भइ दुर्घटना हुदा
२१ वर्षीय सुनील स्याङ्ताङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उक्त दुर्घटनामा गम्भीर घाइते मनहरी–९ का साजन भोलनको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्