राजनीति

सुविधा सम्पन्न, प्रविधिमैत्री सडक पूर्वाधार विकासमा सरकार केन्द्रित छ : मन्त्री नेम्बाङ



काठमाडौँ, ८ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले सरकार सुविधा सम्पन्न, यात्रुमैत्री तथा प्रविधिमैत्री सडक पूर्वाधार विकासमा केन्द्रित रहेको बताएका छन ।

महेन्द्रनगर स्थित सहिद भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्बाङले यातायात क्षेत्र व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तीनै तहका समन्वयमा सङ्घीय यातायात कानून निर्माण भइरहेको बताउँदै सातै प्रदेशका यातायात विकास मन्त्री, सचिव र सरोकारवालासग समेत छलफल प्रारम्भ गरिएका हुन ।

उनले यातायातका कम्पनी, स्थिर पूँजी रुपान्तरण तथा भाडा समायोजनका विषयलाई समेत चाडै व्यवस्थित गरिने बताउदै सरकारले अघि सारेको लक्ष्य तथा कार्यक्रम पुरा गर्ने आफ्नो दायित्व पुरा गरिछाड्ने प्रतिबद्धता समेत जनाएका छन ।

चार सय बस अट्ने क्षमता रहेको यो बसपार्क नगरर विकास कोषको सात करोड ऋण सहयोगमा आधुनिकिकरण गरिएको हो । मन्त्री नेम्बाङले मंगलबार नै भीमदत्त पन्त नगरपालिकाको  स्थापना दिवसको उद्घाटन् समेत गरेका छन ।

मन्त्री नेम्बाङले शहिद भीमदत्त पन्तले किसान आन्दोलन मार्फत जनजागरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै भीमदत्तकै नाममा नामाकरण गरिएको नगरपालिकाको स्थापना दिवसमा आफु प्रमुख  अतिथिका रुपमा उपस्थित हुनु पाउँदा खुसी लागेको समेत बताए  ।