समाचार

आजको राशिफल



आज २०७६ साल माघ ९ गते बिहीबार, माघ कृष्ण पक्ष चतुर्दशी, सशस्त्र प्रहरी दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

वृष (इवाविवुवेवो)

सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला ।

प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।

मिथुन (काकिकुकेकोहा)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

सिंह (मामिमुमेमोटाटिटुटे)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

कन्या (टोपापिपुपेपो)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

तुला (रारिरुरेरोतातितुते)

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । सन्तान सुखपनि मिल्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

धनु (येयोभाभिभुधाफाढाभे)

पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

दबाब र तनाव बढेको महसुस हुनेछ । विरोधीहरूले काममा तगारो हाल्ने प्रयास गर्नसक्छन् । सकेसम्म कम बोल्ने र आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुन्छ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मीन (दिदुदेदोचाचि)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । एक–अर्काको भावना बुझेर काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ ।

साभारः हाम्रो पात्रोबाट