पर्यटन

पाइलटबावाका टहराहरु मात्रै होइनन,नगरकोटका होटलहरु पनि वनको हटाउने लिष्टमा



मध्यपुर, ९ माघ । डिभिजन वन कार्यलय भक्तपुरका प्रमुख प्रेमप्रसाद खनालले मध्यपुरका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुरको वालकुमारीमा रहेको विष्णुमाई सामुदायिक वन अतिक्रमण गर्दै डोजर आंतक खडा गरेका छन, त्यो हामी रोक्छा भन्नु भयोै । डिभिजन कार्यालयका प्रमुखले उक्त कुरा मध्यपुरमा आज भएको वन सुरक्षा बैठकमा वताएका हुन् ।

डिभिजन कार्यालयले वनको सुरक्षा स्थानीय तह,नेपाल प्रहरी,सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरु र वनका कर्मचारीहरु राखेर वन सुरक्षाको विषयमा छलफल गराएको थियो । कार्यक्रममा प्रमुख खनालले वन अतिकूमण गरेर निर्माण गरेका नगरकोट क्षेत्रका अझै पनि ६,७ वटा होटलहरु हटाउनु पर्ने छ भन्दै सूर्यविनायक नगरपालिकाको पाइलटबाबामा १३,१४ वटा टहराहरु हटाउनु पर्ने छ भन्नु भयो ।

वन अतिक्रमण गरेर निर्माण गरेका भौतिक संरचनाहरु हटाउनका लागि वन एक्लै ले मात्रै नसक्ने भन्दै त्यसका लागि स्थानीय सरकारले पनि सहयोगीको भूमिका खेल्नु पर्ने वताउनु भयो । प्रमुख खनालले स्थानीय,नागरिक समाज र सबैको सहयोग र योगदानले मात्रै वन बाच्ने भन्नु भयो ।
बैठकमा वन अतिक्रमण,सार्वजनिक जग्गा अतिक्रमण,वन डढेलो, वन मुद्धा, वन पैदावार निकासीमा लागि ईजाजत प्रक्रिया, वन सुरक्षामा स्थानीय निकायको भूमिका लागायतका विषयमा छलफल भएको जानकारी वन अधिकारी विनिता पाण्डेले जानकारी गराउनु भयो ।