Banner News

राष्ट्रपति भण्डारीद्वारा भिडियो मार्फत चीनका राष्ट्रपतिलाई शुभकामना सन्देश



काठमाडौँ, १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएकी छन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियोमार्फत शुभकामना सन्देश पठाएकी हुन ।

टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको छ । जनवरी २५ देखि १५ दिनसम्म चीनले नयाँ वर्ष मनाउँदै आएको छ । भिडियो सन्देश चीनले प्रशारण गरेपछि मात्रै नेपालका मिडियामा दिइने बुझिएको छ ।