Banner News

स्वास्थ्य मन्त्रालयद्वारा कोरोना भाइरसको संक्रमण नेपालमा भेटिएको पुष्टि



काठमाडौँ, ११ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरुमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत रगेको मन्त्रालयले जनाएको छ ।