समाचार

टिपरको ठक्करबाट १ जनाको मृत्यु



नवलपुर, ११ माघ । पूर्वीनवलपरासीको गैंडाकोटमा टिपरको ठक्करबाट एक जनाको निधन भएको छ ।

शुक्रबार राति गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि बा ६७ प ७८८२ नम्बरको मोटरसाइकललाई ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिदा मोटरसाइकलमा सवार बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गंैडाकोट–५ का २६ वर्षीय शशि कपुर केसी घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको बताइएको छ ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।