Banner News

नयाँ शक्तिमा अर्को चिराः डा. भट्टराई उपेन्द्रको पछि लाग्दा रुष्टहरु समानान्तर भेलामा जुट्दै



भक्तपुर, १५ चैत । नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भटट्राईले बिदेशीको इशारामा स्थानिय तहको निर्वाचनको विरोध गर्दै मधेसवादी दलहरुको लाइनमा लागको भन्दै रुष्टहरुले समानान्तर कमिटी गठन गरेका छन ।

स्थानिय तहको निर्वाचनमा संघिय समाजबादी पार्टीसँगको सहकार्य गर्ने भएपछि त्यसको विरोध गर्दा पार्टीले निष्कासन गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको हो ।

रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै समान्नतर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भटट्राईले डा. बाबुरामले मधेसी मोर्चाका एजेण्डा बोक्ने र जातिय क्षेत्रिय राज्यलाई पहिलो प्राथामिकता दिँदै भारतसँग नझुकि नेपालमा केही गर्न नसक्ने डा. बाबुरामको कार्यशैलीको आफूहरुले गरेको विरोधकै कारण आफूहरुलाई नयाँ शक्तिबाट निकालिएको बताए ।

उनले नयाँ शक्तिको समान्नातर राष्ट्रिय भेला भोलि भक्तपुरमा आयोजना गर्न लागेको बताए । उनले राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका झन्डै एक हजार प्रतिनिधि आउने बताए ।

उनले आगामी बैशाख ३१ गते हुन लागेको निर्वाचनमा आफूहरुले भाग लिने जानकारी समेत दिए ।

सो सम्मेलनमा नयाँ शक्ति केन्द्रिय परिषदका सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र राम राज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन् ।