काठमाडौँ, १३ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ ।
विप्लव पाल्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल ‘बढार्ने जनसंघर्ष’ को क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।
एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको भन्दै पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन समेत आग्रह गरेको छ ।











प्रतिक्रिया दिनुहोस्