काठमाडौँ, १३ माघ । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफ्नो दलको सदस्यबाट परित्यागेको घोषणा गरेका छन ।
सभामुख सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन, ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध गर्दछु ।’
नेकपा स्थायी कमिटी सदस्य सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । उनले आजै पद तथा गोपनियताको शपथ लिइ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्