समाचार

खाल्डोमा पुरिएर सासु–बुहारीको मृत्यु



जुम्ला, १४ माघ । चन्दननाथ नगरपालिका–४को मालाभिडको जङ्गलमा घर लिप्ने माटो निकाल्न बनाइएको खाल्डोमा पुरिएर सासु–बुहारीको मृत्यु भएको छ ।

सोही नगरपालिका–४ सिंहाचौरकी ४५ वर्षकी नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा ढिस्को भासिएर घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुसग माटो खन्न गएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । घाइते दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।