काठमाडौँ, १५ माघ । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सत्तारुढ दल नेकपाले केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।
मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । आजदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा नेकपाले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ ।
तुम्बाहाङफेले नेकपाकै आग्रहअनुसार उपसभामुखबाट राजीनामा दिएकी हुन् । तुम्बाहाङ्फेले पुनः सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपछि नेकपाले उनलाई केन्द्रीय सदस्य बनाएको हो










प्रतिक्रिया दिनुहोस्