Banner News

मन्त्री ज्ञवाली र लग्जेम्बर्गका विदेशमन्त्री एसलवनबीच भेटवार्ता



काठमाडौँ, १५ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच भेटवार्ता भएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री एसलवर्नले परराष्ट्रमन्त्री ज्ञवाली आज औपचारिक भेटवार्ता गरेका हुन ।

उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्धका बारेमा विचारहरू आदानप्रदान गर्नुका साथै साझा हितका विषयमा एकसाथ काम गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

एसलवर्नले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।