समाचार

बोराले किचेर एकै परिवारका चार जनाको मृत्यु



बुटवल, १६ माघ । रुपन्देहीमा बोराले किचेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बोराको थुप्रोले किच्दा भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो ।

गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको र घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर खस्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको प्रहरीको आशंका छ ।

उनीहरुको शव पोस्टमार्ट‍मका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।