काठमाडौँ, १६ माघ । मालपोत कार्यालय चावहिलका (हाल निलम्बित) कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा मुद्दा दयार गरिएको छ ।
बिहीबार विशेष अदालतमा आयोगले कार्यालय सहयोगी बस्नेतले ३० वर्षे जागिर जीवनमा ८ करोड ९८ लाख ५८ हजार अवैध रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरिएको छ ।
पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्ने उजूरीपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान गरेको हो ।










प्रतिक्रिया दिनुहोस्