Banner News

सबै प्रदेशमा औधोगिक क्षेत्र स्थापनामा सरकार लागेको छ : मन्त्री पोखरेल



काठमाडौँ, १७ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सबै प्रदेशमा औधोगिक क्षेत्र स्थापनामा सरकार लागेको बताएका छन ।

बिहीबार देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहको आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकारले औधोगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएका हुन ।

उनले भने, ‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सरकारले उद्योग स्थापनामा जोड दिएको छ । सबै प्रदेशमा औधोगिक क्षेत्र स्थापनामा सरकार लागेको छ ।’

औषधि उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क कम गर्न सरकार गम्भीर भएर लाग्ने बताउदै उनले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कुल खपतमध्ये ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन हुने गरेको बताए ।