जनकपुरधाम, १७ माघ । प्रदेश दुई सरकारले छोरी बीमालाई बढाएर ३ लाखसम्म पुर्याइएको छ ।
प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले एक पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशमा जन्मिने छोरीहरुलाई अब ३ लाखसम्मको बीमा हुने जानकारी दिए ।
मुख्यमन्त्री राउतका अनुसार १ लाखको मात्रै बीमा हुँदै आएकोमा मन्त्रिपरिषदको बैठकबाट उक्त रकमलाई बढाएर ३ लाखसम्मको बीमा भएको हो ।
उनले छोरी बीमा कार्यक्रममा सहयोग पुर्याउनका लागि सबै पालिकालाई अनुरोध समेत गरेका छन । प्रभु बैंकमा मुद्दती खाता खोलेर छोरीहरुको बीमा गरिएको हो । बिमावापत लाग्ने शुल्क प्रदेश सरकारले नै ब्यहोरिदिनेछ ।










प्रतिक्रिया दिनुहोस्