समाचार

आजको मौसम



काठमाडौँ, १९ माघ । आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सामान्य बदलीसँगै देशभरको मौसम सफा रहने साथै नेपालको पुर्वी तथा मध्य भू–भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल देशको मध्पपहाडी भू–भागमा आशिंक बदली भएको छ ।  राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।