समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



चितवन, १९ माघ । चितवनको रत्ननगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति रत्ननगर नगरपालिका वडा नम्बर ३ मा बा ४ ख ९५०९ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको ना ३९ प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

हालसम्म मृतकको परिचय खुल्न सकेको छैन ।  उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।