राजनीति

प्रम ओलीको सपना पुरा : हावाबाट विजुली निकालियो, गाउँ झिलिमिली



जुम्ला, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नु भएको सपनाहरु क्रमिक रुपमा ए पछि अर्को गर्दै पुरा हुँदै गएका छन् । विगत केही वर्ष अघि हावाबाट विजुली निकाल्न सकिन्छ भनि प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिएपछि खिल्ली गर्नेहरु अहिले मुखमा बुचो लगाएर वस्नुपर्ने अवस्थाको शुरुवात भएको छ । सपनाले सार्थकता पाइरहेको छ ।

यसै क्रममा जुम्लाको सिञ्जा गाउँपालिका भने उत्पादनमै पछिल्लो उदाहरण बनेको छ । सिञ्जा गाउँपालिकामा अहिले उज्यालो मात्र हैन, हावाबाट विद्युत निकालिएपछि गाउँ झलमल बनेको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र सिञ्जा गाउँपालिकाको आर्थिक सहयोगमा ८० किलोवाट बिद्युत निकालियो । वैकल्पिक उर्जा केन्द्रको ४ करोड र सिञ्जा गाउँपालिकाको ५५ लाख रुपैयाँ लागतमा राइके डाडाँमा गरी ८० किलोवाट विद्युत उत्पादन भएको हो ।

यसबाट १ हजार ३ सय घरले बत्ति बाल्न पाएका छन् । स्थानीयले टिभीरकम्प्युटर समेत सहजै चलाउन पाएका छन् । हावाबाट निकालेको ८० किलोवाट विद्युत अहिले ३ वटा वडामा मात्र वितरण गरिएको छ । पछि अन्य वडामा पनि विस्तार गर्ने स्थानीयपालिकाको तयारी रहेको छ ।