समाचार

आजको मौसम



काठमाडौँ, २० माघ । आज काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो भने मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका क्षेत्रमा पनि बिहानैदेखि बाक्लो हुस्सु–कुहिरो लागेको छ । दिउँसो पनि तराईका केही क्षेत्रमा कुहिरो कायम रहने मौसमविदले बताएका छन् । हाल देशको पश्चिम र पूर्वी पहाडी भूभागमा आशिंक बदली रहेको छ ।

राति देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।