काठमाडौँ, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले बहुचर्चित एमसीसीको बिषयमा नपढिकन र नबुझिकन बोल्ने संस्कृतिले गर्दा पनि समस्या झन जटिल बन्दै गएको बताउनु भएको छ ।
पशुपति बहुमुखी क्याम्पसको ४० औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेता थापाले नेपाली समाजमा पठन पाठनको संस्कृतिमा कमी भएको हुँदा पनि एमसीसी जस्तो संवेदनशील विषयमा समाजमा झन बढी अन्यौल र अस्पष्टता छाएको चर्चा गर्नु भयो ।
विश्वविद्यालयस्तरमा शिक्षाको गुणस्तर खस्कदो अवस्थामा रहेको हुदाँ सरकारले व्यवहारिक र जीवनोपयोगी शिक्षाको विकासमा प्राथमिकता दिनु पर्ने पनि उहाँको भनाइ थियो ।
सांसद थापाले विश्वविद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गदै बजार र शिक्षाको गुणस्तर बीच तालमेल नहुदाँ शैक्षिक बेरोजगारी बढेको चर्चा गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्