समाचार

पेट्रोल र डिजलको भाउ घट्यो, ग्यास बढ्यो



काठमाडौँ, २१ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमले जनाएको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।