अर्थ

राष्ट्र बैंकले गर्‍यो सिभिल र सेन्चुरी बैंकलाई जरिवाना



काठमाडौँ, २१ माघ । नेपाल राष्ट्र बैंकले थप ३ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्जा श्रोत परिचालन अनुपात (सीसीडी रेसियो) नपुर्‍याएको भन्दै सिभिल बैंक र सेन्चुरी कमर्सियल बैंकलाई कारवाही गरेको हो ।

यि दुई बैंकले तोकिए अनुसार सीसीडी रेसियो कायम नगरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सिभिल बैंकलाई ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना गरिएको छ भने सेन्चुरी बैंकलाई ७ लाख १९ हजार ७ सय ६० रूपैयाँ जरिवाना गराइएको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनललाई समेत कारबाही गरेको छ । सिटिजनसलाई २० लाख रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।