समाचार

आजको मौसम



काठमाडौँ, २१ माघ । आज देशभरिकै मौसम सफा रहने र एक–दुई स्थानमा भने हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागका सामान्यतया सफा रहने छ ।

यस्तै, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।