काठमाडौँ, २१ माघ । प्रभुु बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ ।
बैंकले आज अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ८ करोड नाफा कमाएको जानकारी दिएको हो । गत आर्थिक वर्षको ६ महिनामा बेंकले १ अर्ब ४ करोड रुपैयाँ मूनाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ३३ करोड रुपैयाँबाट बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्