समाचार

आगलागी हुँदा एकजनाको मृत्यु



जुम्ला, २२ माघ । जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ ।

सोमबार राति प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी श्रीमती ४५ वर्षीया भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेका छन् ।