राजनीति

बिना अध्ययन एमसीसीबारे हल्ला चलाइयो : मन्त्री ज्ञवाली



काठमाडौँ, २२ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको हितलाई केन्द्रमा राखेर अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाइने बताएका छन् ।

प्रेस संगठन नेपाल गुल्मीले मंगलवार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले एमसीसीबारे बुझ्दै नबुझेका र अध्ययन नै नगरेकाहरूले अनावश्यक हल्ला गरिरहेको बताए ।

उनले पहिले अध्ययन गर्न र त्यसपछि मात्र बोल्न सम्बद्ध व्यक्तिहरूलाई आग्रह गरे । यो समाचार आजका गोरखापत्र दैनिक छ ।