समाचार

सप्तरीका एक वडाध्यक्ष पक्राउ



सप्तरी, २२ माघ । सप्तरीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा एक जना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राजविराज नगरपाकिा-१५ का अध्यक्ष रामप्रसाद यादवलाई पक्राउ गरिएको हो । उनी ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।