सिरहा, २४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र आवश्यकतालाई मूल्याङ्कन गरी उचित समयमा संविधान संशोधन हुने बताउनुभएको छ ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा बिहीबारदेखि सुरु भएको दोश्रो झण्डा मेला महोत्सव २०७६ को उद्घाटन गर्दै अध्यक्ष मधेशको विकासबिना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्न भन्ने कुरामा आफू र आफ्नो पार्टीले बुझेको बताउनुभयो ।
मधेशका असन्तुष्ट दलहरुप्रति लक्षित गर्दै अधिकार र पहिचान कायम गर्न लागि आफू समर्पित रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी सम्पूर्ण जनताको अधिकार आवश्यक समयमा संविधान संशोधन गरेरै भए पनि पूरा गर्नेछौँ’, उचित समयमा संविधानपनि संशोधन हुन्छ ।’
हिमाल, पहाड, तराई–मधेश सबैलाई एकताको सुत्रमा जोड्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो । तराइ(मधेश, हिमाल र पहाडका ऐतिहासिक, सांस्कृति कुराहरु बुझेर देशलाई एकताको सुत्रमा बाँध्नका लागि आफूले पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्