भक्तपुर,२४ माघ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले अरनिको हाईवेको दुर्घटना न्यूनिकरण,जाम र फोहोर व्यवस्थापन गर्नेमा सीसीटीभीले सहगोगीको भूमिका निर्वाह गर्ने हो भने सीसीटीभी राख्न आफूहरु तयार रहेको,तर सीसीटीभी राख्नका लागि मात्रै राख्ने र आवश्यक परेका बेला त्यस्ता क्यामाराले काम नदिने हो भने बेकारमा किन अनावश्यक खर्च भनेर प्रश्न गर्नु भयो ।
समुदाय –प्रहरीको साझेदारी बैठकमा उहाँले त्यस्तो धारणा राख्नु भएको हो ।
उहाँले यस अघि सडक लाइनमा राखेका क्यामाराहरुले खासै काम गरेनन् । र,अब राखिएका क्यामाराहरुबाट काम लिन याजनासाथ राख्ने हो भने आफूहरु तयार बताउँनु भयो । बैठकमा सवारी साधनको तीव्र गती चेक गर्ने मेसीनरी क्यामारा समेत नगरपालिकाले राख्नका लागि प्रहरीसंग आफूहरु समन्वय गरेर अघि बढ्न तयार रहेको वताउँनु भयो ।
नगरपालिकाको भवनमा बसेको बैठकमा प्रहरी उपरीक्षक सविन प्रधानले केही महिना अघि सल्लाघारीको सवारी साधनको गती चेक गर्ने गरेको मेसिन विग्रिएकाले त्यसको पनि आवश्यकता रहेको धारणा राख्नु भएको थियो ।उपरीक्षक प्रधानले बैठकमा राजमार्गमा सवारी साधानको धेरै जसो ठूला –ठूला दुर्घटनाहरु तीव्र गतिकै कारण हुने भएकाले त्यस्तो मेसिन आवश्यक रहेको धारणा राख्नु भएको थियो ।
सो बैठक मेयर थापाको अध्यक्षतामा बसेको थियो । बैठकले सुरक्षित र सुन्दर राजमार्ग बनाउनका लागि अन्य आवश्यक सामान र सचेतनामूलक कार्यक्रमको विषयमा पनि छलफल गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्