राजनीति

६८ आयोजना गुणस्तरहीन, अख्तियारको छानबिनमा १२ आयोजना



काठमाडौँ, २५ माघ । राष्ट्रिय सर्तकता केन्द्रले प्राविधिक परीक्षण गरेका ११ राष्ट्रिय गौरवसहित ६८ आयोजना गुणस्तरहीन पाइएको छ। गुणस्तरहीन १२ आयोजनाको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको छ ।

सर्तकताले प्रधानमन्त्री केपी ओलीलाई बुझाएको वार्षिक प्रतिवेदनमा १ सय ७ आयोजनाको प्राविधिक परीक्षण गरेको उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ५, कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयको १ र शिक्षा मन्त्रालयका २ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ३ आयोजनाको फाइल अख्तियारमा पठाइएको छ ।

सतर्कताले गुणस्तर नियन्त्रण कायम गर्न भौतिक पूर्वाधारका ९, सहरी विकासका १०, ऊर्जा, जलस्रोत तथा सिँचाइका ११, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका ९, संघीय मामिलाका ११, सञ्चारका ९ र खानेपानी मन्त्रालयका ९ आयोजनालाई सुधार गर्न निर्देशन दिएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।